काठमाडौं : विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि द्वन्द्वपीडितले न्याय र परिपूरण पाउन नसकेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गम्भीर चिन्ता व्यक्त गरेको छ। सम्झौताको २० वर्ष पूरा भएको अवसरमा शुक्रबार विज्ञप्ति जारी गर्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले सङ्क्रमणकालीन न्यायका सवालमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। ‘नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको आज २० वर्ष पूरा भएको छ। उक्त