विस्तृत शान्ति सम्झौता हाम्रो साझा राष्ट्रिय प्रतिबद्धता हो, द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गरौं : प्रचण्ड

  • शनिबार ६ मंिर २०८३ १०:०० AM
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताले मुलुकलाई शान्ति, लोकतन्त्र, गणतन्त्र र नयाँ राजनीतिक व्यवस्थाको दिशामा अघि बढाएको बताएका छन्। विस्तृत शान्ति सम्झौताको आज २० वर्ष पूरा भएको ऐतिहासिक दिनको अवसरमा उनले यो दुई पक्षबीचको सम्झौता नभई नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेज भएको बताएका छन्।‘आज विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिन। २०६३ मंसिर ५ गते आजकै