बेल्जियमको ब्रसेल्सस्थित नेपाली दूतावासले अनलाइन कन्सुलर सेवा पोर्टल सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि सुरु भएको नयाँ प्रणालीमार्फत सेवाग्राहीले विभिन्न कन्सुलर सेवाका लागि अनलाइन आवेदन दिन, आवश्यक कागजात बुझाउन र आवेदनको अवस्थासमेत जानकारी लिन सक्ने भएका छन्। दूतावासले नोभेम्बर २० मा जारी गरेको विज्ञप्तिअनुसार नयाँ पोर्टलबाट कागजात प्रमाणीकरण, सिफारिस तथा प्रमाणपत्र, अधिकृत वारेसनामा र अस्थायी जन्मदर्ता प्रमाणपत्रलगायत