नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको अवसरमा शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले संक्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका हुन्। ‘विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरूपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको