क्यान्सरसँग जुधिरहेका पत्रकार सेर्माको निधन

  • शनिबार ६ मंिर २०८३ ०८:३७ AM
काठमाडौँ। लामो समयदेखि क्यान्सरसँग जुधिरहेका पत्रकार कबिन्द्र सेर्मा (कालीबहादुर)को निधन भएको छ ।  करिव तीन दशक पत्रकारितामा सक्रिय रहेर मुलुकका लागि योगदान गरेका सर्माको मंसिर ४ गते राति काठमाण्डौँमा निधन भएको हो । पाँचथरको तत्कालीन मङजावुङ गाविस (हाल कुम्मायक गाउापालिका–२) मा जन्मिएका सेर्मा २०५९ सालदेखि पाँचथरलाई केन्द्र बनाएर पत्रकारितामा थिए । उनले आफ्नो पत्रकारिता यात्रा रेडियो नेपालबाट सुरु गरेका थिए ।  त्यसपछि फिदिममा सञ्चालित सुम्हात्लुङ एफएम र इगल एफएममा आबद्ध भएर काम गरेका उनले २०७३ सालमा आफ्नै लगानीमा पाँचथर एफएम सञ्चालनमा ल्याएका थिए । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व कोषाध्यक्षसमेत रहेका सेर्माले जिल्लाको पत्रकारिता क्षेत्रको संस्थागत विकासमा समेत योगदान पुर्‍याएका छन् । उनी झण्डै ३ वर्षदेखि क्यान्सर रोगको उपचारमा थिए । भक्तपुर क्यान्सर अस्पतालमा नियमित उपचार गराउँदै आएका उनी थप उपचारका लागि भारतस्थित राजीव गान्धी क्यान्सर अस्पतालसमेत पुगेका थिए । अहिले उपचारकै क्रममा काठमाडौंमा उनको निधन भएको हो । सेर्माको निधनले पाँचथरको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको पत्रकार महासंघ पाँचथरले जनाएको छ ।