काठमाडौं । चीन भ्रमणका क्रममा रास्वपा सांसदहरूबीच भएको राजनीतिक कुराकानीको अडिओ सार्वजनिक भएपछि सांसद श्रीराम न्यौपानेले त्यसबारे आफ्नो प्रष्टीकरण दिएका छन् । शुक्रबार राति फेसबुकमार्फत उनले सार्वजनिक गरेको स्पष्टीकरणमा पुराना राजनीतिक नेतृत्वप्रति जनतामा रहेको असन्तुष्टि र परिवर्तनको चाहनाले रास्वपाले ठूलो जनमत प्राप्त गरेको उल्लेख गरेका छन्। उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को विगतको कार्यशैलीप्रति जनतामा असन्तुष्टि रहेको बताएका हुन् । न्यौपानेले जनताले दिएको विश्वासलाई कायम राख्न रास्वपाले सुशासन, विकास तथा सार्वजनिक सेवा प्रवाहमा देखिने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्। निर्वाचनमा प्राप्त मतलाई स्थायी समर्थनका रूपमा लिन नहुने ... The post चीनबाट रास्वपा सांसदको अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले दिए प्रष्टीकरण appeared first on Kalika Khabar.