काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमणका एजेन्डा र कार्यतालिका तय भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जान लागेका हुन्।परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार, दिल्ली ओर्लिएकै दिन मंसिर ६ मा प्रधानमन्त्री शाहको भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता हुनेछ। मंसिर ७ मा राष्ट्रपति भवनमा औपचारिक स्वागतपछि राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्र