काठमाडौं : राष्ट्रिय खेलकुद प्रतियोगिता केवल खेलाडीलाई प्रतिस्पर्धा गराउने र पदक वितरण गर्ने उत्सवमात्रै होइन, यो देशको समग्र खेलकुदको अवस्था मापन गर्ने, नयाँ प्रतिभा पहिचान गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार पार्ने महत्त्वपूर्ण अवसर पनि हो। तर, नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा लिइने १०औं राष्ट्रिय खेलकुद भने स्पष्ट लक्ष्य र योजनाबिनै सञ्चालनको अन्तिम तयारीमा छ। कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने १०औं राष्ट्रिय खेलकुद सुरु हुन अब