काठमाण्डु – राजधानीका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् सेवा अवरुद्ध हुँदैछ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्क वितरण केन्द्रअन्तर्गत विद्युत् वितरण प्रणालीको नियमित मर्मतसम्भार (प्रिभेन्टिभ मेन्टिनेन्स), ११ केभी एक्सएलपीई केबल जडान तथा चार्जिङ कार्यका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको हो। प्राधिकरणका अनुसार शनिबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म भिमसेनस्थान फिडरअन्तर्गतका क्षेत्रमा