कोप–३१ समापनतिर, नेपाल उपलब्धिविहीन

  • शनिबार ६ मंिर २०८३ ०८:०० AM
काठमाडौं ट: भोटेकोशी बाढीपछि नेपालले हिमालको मुद्दा स्थापित गर्ने प्रयास व्यर्थ भएको छ । निकै उत्साहका साथ कोप–३१ मा सहभागी भएको नेपालले सम्मेलनको अन्तिम सत्रसम्म पनि ठोस उपलब्धि हासिल गर्न सकेको छैन । कोपमा सहभागी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी भने कोपका विभिन्न फोरमहरूमा ‘खाली हात नफर्कने’ बताइरहेकी छिन् । कोप–३१ का मन्त्रीस्तरीय छलफलहरूमा चौधरीले भनिन्, ‘म फर्किएपछि मेरो देशका जनतालाई जवाफ दिनुपर्छ । त्यसैले खाली हात फर्कन चाहन्नँ ।&r