आईपीओपछि एन्थ्रोपिकको सेयर घट्यो, विश्व बजारमा प्रविधि कम्पनी दबाबमा

  • शनिबार ६ मंिर २०८३ ०३:०० AM
काठमाडौँ : अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकको सेयर बजारमा कारोबार सुरु भएको दोस्रो दिनमै उल्लेख्य गिरावट आएको छ । पहिलो दिन उत्साहजनक कारोबार गरेको कम्पनीको सेयर शुक्रबार एकैदिन १२ प्रतिशतभन्दा बढीले घट्दै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मूल्यको आसपास पुगेको हो ।क्लाउड (Claude) च्याटबोट निर्माता एन्थ्रोपिकले आईपीओमार्फत ८१ अर्ब अमेरिकी डलर जुटाएको थियो । बिहीबार नास्डाकमा कारोबार सुरु हुँदा प्रतिकित्ता सेयर मूल्य १११.५० डलर पुगेको थियो । कारोबारका क्रममा ११५ डलरसम्म पुगे