काठमाडौँ : भारतको सर्वोच्च अदालतका पूर्वन्यायाधीश मार्कण्डेय काट्जूले भारतीय संविधानलाई ‘धोका, चाल र देखावा’को संज्ञा दिएका छन् । संविधान दिवसका अवसरमा सर्वोच्च अदालतले आयोजना गर्ने कार्यक्रममा आफू कहिल्यै सहभागी नहुने गरेको उल्लेख गर्दै उनले संविधानले भारतीय जनतालाई भ्रममा राखेको टिप्पणी गरेका हुन् ।सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै काट्जूले संविधानको प्रस्तावनामा उल्लेख गरिएका लोकतन्त्र, सार्वभौमिकता र जनताको शासनजस्ता शब्द व्यवहारमा कार्यान्वयन हुन नसकेको दाबी