काठमाडौँ : बेलायतले युरोपेली सङ्घ (ईयू) सँगको सम्बन्ध थप नजिक बनाउन विभिन्न विकल्पबारे छलफल गर्ने भएको छ । बेलायत र ईयूबीच खाद्य निर्यात, उत्सर्जन व्यापार तथा युवा आदानप्रदान कार्यक्रमसम्बन्धी नयाँ सहमति भएपछि यस्तो पहल अघि बढाइएको हो ।बेलायती प्रधानमन्त्रीले उक्त सहमतिलाई बेलायत र युरोप दुवैका लागि सुखद दिन भन्दै यसबाट बेलायती अर्थतन्त्रमा वार्षिक १७ अर्ब पाउन्डसम्म योगदान पुग्न सक्ने बताएका छन् । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले पनि बेलायतसँग सम्भव भएसम्म नजिकको सम्बन्ध कायम गर्न ई