बाढी प्रभावित क्षेत्रको पुनःस्थापनामा जगदम्बा मोटर्सको साथ, २५ मोटरसाइकल सहयोग

  • शुक्रबार​ ५ मंिर २०८३ ०४:०८ PM
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जगदम्बा मोटर्सले २५ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ। टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले शुक्रबार नेपालकै पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम उद्घाटनको अवसर पारेर बाढी प्रभावित क्षेत्रका विभिन्न सरकारी तथा स्थानीय निकायलाई मोटरसाइकल उपलब्ध गराएको हो। कम्पनीले नुवाकोट र रसुवाका प्रहरी कार्यालय, कारागार, स्थानीय तह, विद्यालय तथा अस्पताललगायतका संस्थालाई टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको जनाएको छ। कम्पनीका प्रतिनिधि सुगन्धा सिंह र अश्विनले सम्बन्धित संस्थाका प्रतिनिधिहरूलाई मोटरसाइकलको साँचो प्रदान गरेका थिए। बाढी प्रभावित क्षेत्रमा सेवा प्रवाह, ... The post बाढी प्रभावित क्षेत्रको पुनःस्थापनामा जगदम्बा मोटर्सको साथ, २५ मोटरसाइकल सहयोग appeared first on Kalika Khabar.