काठमाडौं : यमनका हुथी विद्रोहीहरूले जेद्दा र लाल सागरमा रहेका अन्य साउदी बन्दरगाहहरूलाई लक्षित गर्दै आक्रमण गर्ने धम्की दिएका छन्।शुक्रबार, हुथी विद्रोहीका प्रवक्ता याह्या सारीले यदि साउदी सैन्य गठबन्धनले हुथी नियन्त्रित अल–हुदयदाह बन्दरगाहमा आक्रमण गरेमा साउदी अरबका बन्दरगाहहरूलाई पनि लक्षित गरिने धम्की दिएका हुन्। हुथी विद्रोहीका प्रवक्ताले बन्दरगाहमा काम गर्ने कामदार र कर्मचारीहरूका साथै नजिकैका क्षेत्रहरूमा बस्ने मानिसहरूलाई अन्यत्र सर्न चेतावनी दिएका छन्। उनले शिपिंग कम्पनीहरूला