चीनबाट रास्वपा सांसदहरूको मनोकांक्षा : ओली र महेश अझै चर्को हुनुपर्छ, देउवाले कांग्रेस पाउनुपर्छ, त्यसको फाइदा हामीलाई मिल्छ

  • शुक्रबार​ ५ मंिर २०८३ ०४:०० PM
काठमाण्डु– पाँच दिनदेखि चीन भ्रमणमा रहेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच भएको अनौपचारिक राजनीतिक कुराकानी सार्वजनिक भएपछि राजनीतिक वृत्त तातेको छ। चिनियाँ प्रविधि प्रदर्शनीमा रोबोट अवलोकन गरिरहेका बेला श्रीराम न्यौपानेसहितका सांसदहरूबीच भएको कुराकानी भिडियोमा कैद भएर बिनासम्पादन फेसबुकमा अपलोड भएको हो। सार्वजनिक भिडियोमा उनीहरूले नेपाली कांग्रेसको आन्तरिक विवाद, पार्टीमा शेरबहादुर देउवाको नेतृत्व, नेकपा