काठमाडौँ। सरकारले ३२ जना सहसचिवहरूको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव वा सो सरहका ३२ जना कर्मचारीको सरुवा गरेको हो । सरुवा हुनेमा आठ जना प्रदेश सचिव समेत परेका छन् । यस्तै, वीरगञ्ज महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि फेरबदल भएको छ । सूचीअनुसार वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरालाई सामान्य प्रशासन मन्त्रालय ल्याएर उनको ठाउँमा अर्थ मन्त्रलायमा रहेका सहसचिव निर्मल ढकाल पठाइएको छ । यस्तै, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीलाई अर्थ मन्त्रालय सरुवा गरेर उनको ठाउँमा सूचना तथा सञ्चार मन्त्रालयमा रहेका सहसचिव रविलाल शर्मालाई पठाइएको छ ।