धादिङ : धादिङको रुवीभ्याली गाउँपालिका-४ कलदाङमा बिहान बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। लापाबाट बोराङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।दुर्घटनामा रुवीभ्याली गाउँपालिका-४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। दुर्घटनामा चालकसहित ९ जना घाइते भएका छन्।दाहालका अनुसार द