काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तिम गन्तव्यमा आइपुगेको छ। आठ टोलीबीच सुरु भएको उपाधि यात्राले अन्ततः अघिल्ला दुई संस्करणका फाइनलिस्टलाई फेरि एउटै मञ्चमा उभ्याएको छ। शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि भिड्दैछन्।एनपीएलको छोटो इतिहासमा यी दुई टोलीको यात्रा निकै फरक तर उत्तिकै रोचक छ। एकातिर प्रतियोगिताका तीनवटै संस्करणमा फाइनल पुग्ने सुदूरपश्चिम छ, जसले दुई पटक उपविजेतामै चित्त बुझाउनु