दशौँ राष्ट्रिय खेलकुद : कर्णालीका ५ र लुम्बिनीका २ जिल्लामा खेल हुने, सुर्खेतमा मात्रै २३ खेल

  • शुक्रबार​ ५ मंिर २०८३ ०३:०३ PM
काठमाण्डु– कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद-२०८३ अन्तर्गतका खेलहरू कर्णालीका ५ र लुम्बिनी प्रदेशका २ गरी कुल ७ स्थानमा सञ्चालन हुने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार कुल ३२ खेलमध्ये अधिकांश अर्थात् २३ वटा खेल सुर्खेतमै केन्द्रित हुनेछन्। राखेपका अनुसार बाँकी ९ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट