चितवन– नागढुंगा–मुग्लिन सडकखण्ड शनिबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। घोप्टेभीरमा निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि जोखिम न्यूनीकरण तथा पहिरो पन्छाउने कामका लागि सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले सूचना जारी गर्दै शनिबारदेखि अर्को सूचना नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४