महेश बस्नेत नेकपा एमालेका सचिव मात्रै होइनन्, अध्यक्ष केपी शर्मा ओलीका निकट र विश्वासिला नेताका रूपमा चिनिन्छन्। ओलीसँगको उनको निकटता राजनीतिक वृत्तमा चर्चाको विषय बन्दै आएको छ। २०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि ओलीका लागि गुण्डूमा निवासको व्यवस्था गर्नेदेखि राजनीतिक घटनाक्रममा बलियो समर्थकका रुपमा उनी देखिएका छन्। केपी ओली प्रधानमन्त्री हुञ्जेल बालुवाटार नछिरेका