काठमाडौं । एसिया राइजिङ स्टार्स कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले भारत ‘ए’बाट ३३३ रनको लक्ष्य पाएको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनायो । भारतका कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय पारी खेले ।