काठमाडौं : काठमाडौंको कलंकीमा धारिलो हतियार देखाएर मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का ३३ वर्षीय राजकुमार श्रेष्ठ, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ का २८ वर्षीय सागर तामाङ र कास्कीको पोखरा उपमहानगरपालिकाकी २८ वर्षीया सन्ध्या तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । थापाका अनुसार शुक्रबार बिहान करिब ३:४२ बजेको समयमा काठमाडौँ महानगरपालिका&n