डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२, बडालस्थित लाटागन्याप मन्दिरमा परम्परागत ‘बडाल जाँत’ (मेला) मनाइएको छ। हरेक वर्ष कार्तिक शुक्ल दशमीका दिन ‘रतेडी’ र हरिबोधनी एकादशीका दिन ‘दिउँसेडी’ (जाँत) लाग्ने परम्पराअनुसार शुक्रबार ‘बडाल जाँत’ मनाइएको हो। लाटागन्याप देवताको भक्तिस्वरूप मनाइने यस जाँतको मुख्य आकर्षण परम्परागत बाजागाजा, भोक्कर, भाला, गुर्जा तथा नाङ्गो खुकुरी र तरबार हातमा लिएर खेलिने ‘चौलो’ रहेको छ। परम्परागत