घरमै पुगेर हत्या गर्ने धम्की, तीन दिनपछि उखुबारीमा भेटियो शव

  • शुक्रबार​ ५ मंिर २०८३ ०७:०० PM
विराटनगर : मोबाइल चोरीको आरोपमा हत्या गर्ने धम्की पाएका विराटनगरका एक युवक तीन दिनपछि मृत फेला परेका छन्। विराटनगर महानगरपालिका–४ इक्राहीका ३२ वर्षीय राजन दासको शव शुक्रबार दिउँसो आफ्नै घरनजिकको उखुबारीमा भेटिएको हो।उक्त उखु प्रेम गौतमको खेतमा बलराम यादवले लगाएका थिए। तीन दिनदेखि परिवारको सम्पर्कमा नरहेका दासको शव उखुबारीभित्र घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सुरुमा पहिचान खुल्न नसकेको शव पछि दासको रहेको पुष्टि भएको मोरङ प्रहरीले जनाएको छ।दासको शरीरमा देखिएका चोटपटकले उन