काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ (साविक मधवलिया गाविस) का १५५ स्ववासी परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । जग्गाको नापजाँच सम्पन्न भएको करिब तीन वर्षपछि स्थानीय बासिन्दाले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका हुन् । नापी कार्यालय रुपन्देहीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई लालपुर्जा वितरण गरेको हो । उक्त क्षेत्रको जग्गा नापजाँच