काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मकवानपुरको मनहरी गाउँपालिका–४ चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३० जना विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत हेटौंडा शाखाको पहलमा विद्यार्थीलाई ट्र्याकसुट र आवश्यक शैक्षिक सामग्री वितरण गरेको हो । कार्यक्रममा बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौंडा शाखा प्रबन्धक बिनेश कार्की,