अर्थमन्त्री स्वर्णिम वाग्ले विराटनगर भन्सारमा, गरे आईसीपीको स्थलगत अवलोकन

  • शुक्रबार​ ५ मंिर २०८३ १२:३८ PM
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विराटनगरस्थित एकीकृत भन्सार जाँचपास चौकी (आईसीपी) को स्थलगत अवलोकन गरेका छन्। शुक्रबार मोरङको विराटनगरस्थित रानी पुगेर अर्थमन्त्री वाग्लेले भन्सार जाँचपास क्षेत्रको अवलोकन गरेका हुन्। सो क्रममा उनले भन्सार कार्यालयको अवस्था तथा जाँचपास प्रक्रियाबारे जानकारी लिएका थिए। विराटनगर भन्सार कार्यालय नेपालमा सबैभन्दा बढी राजस्व संकलन गर्ने भन्सार कार्यालयमध्ये तेस्रो स्थानमा छ।