नेपालमा पहिलोपटक यू–२० फोर नेसन अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र थाइल्याण्डका जुनियर राष्ट्रिय टोली सहभागी हुनेछन् । प्रतियोगिता शनिबारदेखि ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो हलमा सुरु हुनेछ । प्रतियोगिताको उद्घाटनअघि दिउँसो १ बजे औपचारिक कार्यक्रम आयोजना गरिनेछ भने खेलहरू दिउँसो २ बजेदेखि