काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखको अन्तिममा स्थानीय तहको निर्वाचन र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा एमाले स्थानीय तहका जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुन वा चैतमा निर्वाचन गर्ने प्रस्ताव स्वीकार्य नहुने भन्दै जनप्रतिनिधिले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने र वैशाखको अन्तिममा स्थानीय निर्वाचन हुनुपर्ने बताए । संविधान बमोजिम पाँच वर्षमा चुनाव हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले निर्वाचनलाई तलमाथि गरेर संविधान मिच्न भर्याङ बनाउन नहुने धारणा राखे । चुनाव कहिले गर्दा कसलाई फाइदा वा घाटा हुन्छ भन्ने स्वार्थभन्दा माथि ... The post संविधानअनुसार स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको मंसिरमा हुनुपर्छ : अध्यक्ष ओली appeared first on Kalika Khabar.