डान्सबारमा ‘सिभिल प्रहरी हुँ’ भन्दै धाकधम्की दिने दुई जना पक्राउ

  • शुक्रबार​ ५ मंिर २०८३ ०६:०० PM
काठमाडौं : आफूहरु सिभिल प्रहरी भएको बताउँदै काठमाडौंको ज्याठास्थित एक डान्सबारका संचालक तथा कर्मचारीलाई धाकधम्की र अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।   पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–८ घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय नवराज कुँवर र सोही स्थान घर भई भक्तपुर नै बस्ने १८ वर्षीय सुमन तामाङ रहेका छन्।  जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार राति काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित गोल्डेन आई डान्स बारमा प्रवेश गरी आफूहरु साद