जनकपुरधाम : प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको शिक्षा प्रणाली निजीकरण र सामुदायिकीकरण गरेर ध्वस्त पारिएको बताएका छन्। उनले शिक्षालाई निजी र सरकारी अर्थात् सामुदायिक गरी दुई धारमा विभाजन गरेर देशको समग्र शैक्षिक अवस्थालाई बिगारेको बताएका हुन्।प्रधानाध्यापक संघ नेपाल (प्यान)को तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रथम राष्ट्रपति यादवले पञ्चायत र बहुदल कालमा शिक्षालाई दुई धारमा विभाजित गरिँदा ध्वस्त हुन पुगेको बताए। ‘शिक्षा समाजलाई एकीकृत गर्ने माध्यम हो तर हाम्रो