सुनसरी : सुनसरीको धरानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दिउँसो धरान उपमहानगरपालिका–१४ हात्तीसारपथस्थित एक घरबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले बताए ।वडा प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सन्दीप कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले राजकुमार डंगोलको घरमा डेरा गरी बस्ने पाँच जनालाई नियन्त्रणमा लिएर लागूऔषध बरामद गरेको डिएसपी राईले जानकारी दिए। प्रहरीले उ