झापा : झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ वटा घटना भएका छन्। ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। भदौ, असोज र कात्तिक महिनामा आगलागीका घटनाबाट जिल्लामा १७ करोड ५१ लाख १३ हजार ९७५ रुपैयाँ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दसैं–तिहार भएको कात्तिक महिनामा मात्रै २६ वटा आगलागीघका टनाबाट मात्रै ६ करोड ७२ लाख २१ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। कात्तिकमा भएका आगलागीबाट दुई जनाको मृत्यु भएको छ। गत असोज ३० गते अर्जु