काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबार हुने फाइनल खेलको टिकट नपाएपछि आक्रोशित समर्थकहरू त्रिवि क्रिकेट मैदान पुगेका छन् । लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुने फाइनल खेलको टिकट बिक्री खुला भएको केहीबेरमै बुक भएपछि टिकट नपाएका समर्थकहरूले आयोजक नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध नाराबाजी गरेका हुन् । एकैपटक धेरै समर्थकले टिकट खरिद गर्न खोज्दा