पोस्टमार्टमले खोल्यो सन्चमायाको हत्या, दुई महिनापछि श्रीमान पक्राउ

  • शुक्रबार​ ५ मंिर २०८३ ०५:०० PM
विराटनगर : श्रीमतीको शव अन्त्येष्टिका लागि तयार पारिसकिएको थियो । घरमा आफन्त जम्मा हुँदै थिए। मृत्युको खबर माइतीसम्म पुगिसकेको थियो । तर, माइती पक्षले घटनालाई स्वाभाविक मृत्यु मान्न सकेन। उनीहरूको शंकाकै कारण पोस्टमार्टम गरियो । अन्ततः दुई महिनाअघि भएको घटनाको रहस्य खुल्यो– सन्चमायाको मृत्यु प्राकृतिक थिएन, हत्या थियो।मोरङको केराबारी गाउँपालिका–७ दाहालचोक नजिक शान्तिमार्ग टोलकी ४८ वर्षीया सन्चमाया राई (लिम्बू)को हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान उत्तमकुमार लिम्बूलाई पक्राउ गरे