दोलखा : वर्षौंदेखि जीर्ण अवस्थामा रहेको दोलखाको तामाकोशी नदीमाथिको पुरानो पुलमा पछिल्लो समय पहेँलो रंग लगाएर नयाँजस्तै देखाइएको छ। पुलको फलामे संरचनामा पहेँलो रंग चम्किएको छ बाहिरबाट हेर्दा पुलको स्वरूप फेरिएको छ। तर पुलको वास्तविक अवस्था र नयाँ पुल निर्माणको वर्षौंदेखिको प्रतीक्षा भने फेरिएको छैन । जीर्ण पुलमा रंगरोगन गरेर आकर्षक बनाइए पनि नागरिकले खोजेको सुरक्षित र भरपर्दो नयाँ पुल अझै बन्न सकेको छैन ।भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकाको सिमानामा पर्ने तामाकोशी पुल सदरमुकाम चरिकोटल