अवैध महिला कामदारको शोषण र सन्तानको नागरिकताबारे सरकारको ध्यानाकर्षण

  • शुक्रबार​ ५ मंिर २०८३ १०:२१ AM
काठमाडौं । प्रतिबन्धित मुलुकमा अवैध रूपमा घरेलु कामदारका रूपमा पुगेका नेपाली महिलामाथि हुने हिंसा, यौन शोषण तथा उनीहरूबाट जन्मिएका सन्तानको नागरिकतासम्बन्धी समस्या समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि भएको दफावार छलफलका क्रममा सांसदहरूले विदेशमा पीडित महिलाको उद्धार,