काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमणको उपचार चुनौतीपूर्ण बनाउनुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक भार बढाउँदै गएको बताएकी छन् । विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह २०२६ का अवसरमा शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले एन्टिमाइक्रोबियल औषधिको अव्यवस्थित प्रयोगले औषधिको प्रभावकारिता घटाउने र उपचार खर्च बढाउने बताइन् । उनले