नेपाल प्रहरीले आधारभूत तहका कर्मचारीका पेसागत तथा सेवासम्बन्धी गुनासो सुन्न केन्द्रीय गुनासो व्यवस्थापन डेस्क सञ्चालनमा ल्याएको छ। डेस्कको उद्घाटनसँगै प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ कर्मचारीको मोबाइलमा गुनासो दर्ता गर्ने लिंक पठाइएको छ। प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ले नेपाल प्रहरीको आन्तरिक मोबाइल सेवा (सीयूजी) मा आबद्ध ती कर्मचारीलाई एकैसाथ गुगल फारामको