उखुबारीमा युवकको शव फेला, हत्याको आशंका

  • शुक्रबार​ ५ मंिर २०८३ ०४:०० PM
विराटनगर :  विराटनगर महानगरपालिका–४ इक्राहीस्थित उखुबारीमा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन्। करिब २५–२६ वर्ष उमेरका देखिने युवकको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।स्थानीयले उखुबारीमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा युवकको शरीरमा लगाएका कपडा यथावत् थिए। उनको दाहिने कानमा चोट लागेको र घाउबाट रगत बगिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति शंकास्पद देखिएपछि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं प्रहरी टोलीसहित