काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने विषयमा सरकारको ठूलो जिम्मेवारी हुने बताएका छन्। शुक्रबार स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने जिम्मेवारी सरकारको भएको बताएका हुन्।प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग कुनै सुझाव नलिइएको भन्दै उनले सुझाव नै नमागेपछि आफूहरूले किन सुझाव दिने भन