घाँस काट्न गएकी विणादेवी मृत फेला

  • शुक्रबार​ ५ मंिर २०८३ ०४:०० PM
महोत्तरी : घाँस काट्नका लागि एकाबिहानै घरबाट निस्किएकी गौशाला, कुशमाडीकी ६५ वर्षीया विणामाया पुलामी मृत फेला परेकी छिन्। उनको शव घाँटी गम्छाले कसिएको अवस्थामा उखु खेतभित्र भेटिएको हो।शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको इलाका प्रहरी कार्यालय, गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माले जानकारी दिएका छन्।घटनाको थप अनुसन्धानका लागि तालिमप्राप्त कुकुर घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।