काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक नकारात्मक बनेर बन्द भएको छ। नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा अडिएको छ।अघिल्लो दिन बिहीबार नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा अडिएको थियो। सो दिन ३ अर्ब ८७ करोड मूल्य बराबरको कारोबार भएको थियो। यसदिन ३५२ वटा स्क्रिप्सको १ करोड ६ लाख २ हजार ४६८ कित्ता सेयर ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये ८९ वटा स्टक्सको मूल्य बढ्दा १८१ वटाको घट्यो।