अब भारत, पाकिस्तान र युएईविरुद्धको नेपालको खेल सबै डिजिओमा प्रत्यक्ष हेर्न पाइने

  • शुक्रबार​ ५ मंिर २०८३ ०९:२९ AM
काठमाडौं । नेपाली क्रिकेट समर्थकहरूले ‘डीपी वर्ल्ड एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ अन्तर्गत नेपालका सबै खेल डिजिओ (DGO) मा प्रत्यक्ष हेर्न पाउने भएका छन् । कतारको दोहामा आयोजना भइरहेको प्रतियोगितामा नेपालले कठिन समूहमा रहेर भारत, पाकिस्तान र यूएईजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्दैछ । कप्तान सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोली प्रतियोगितामा सहभागी हुँदैछ ।