नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरधाम र भारतको अयोध्याबीच रेल तथा हवाई सेवा सञ्चालनलाई प्राथमिकता दिन प्रधानमन्त्री बालेन्द्र साहलाई आग्रह गरेका छन् । प्रधानमन्त्री साहको आसन्न भारत भ्रमणका सन्दर्भमा शुक्रबार जनकपुरधाममा धारणा राख्दै निधिले जनकपुर–अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यातायात सेवामार्फत थप विस्तार गर्नुपर्ने बताएका हुन् । जनकपुरस्थित जानकी मन्दिर र अयोध्याबीच ऐतिहासिक धार्मिक सम्बन्ध