शुक्रबार निर्वाचन आयोगले दलका शीर्ष नेताहरूसँग गरेको छलफलमा प्रचण्डले संविधान र कानूनले तोकेको समयमा निर्वाचन हुनुपर्ने बताएका हुन् । स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभाको निर्वाचन मङ्सिरमा गर्ने गरी निर्वाचन आयोगले प्रस्तुत गरेको समयतालिका उपयुक्त देखिएको उल्लेख गर्दै उनले यस विषयमा पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने बताए । यस्तै उनले स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी रूपले निर्वाचन हुनुपर्नेमा जोड दिए । विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनलगायतका विषयमा विभिन्न प्रश्न तथा गुनासा उठ्ने गरेको उनले स्मरण गराए । उनले विगतका निर्वाचनमा कतिपय उम्मेदवारले आफ्नो मत हराएको, ... The post संविधान र कानुनले व्यवस्था गरेकै समयमा निर्वाचन गरौँ : प्रचण्ड appeared first on Kalika Khabar.