काठमाडौं : नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता विमलेन्द्र निधीले पार्टीको विधान,देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन्।शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधीले १५औं महाधिवेशन मङ्सिर २१,२२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान,देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको बताएका हुन्।महाधिवेशनको तयारीस्वरूप १६५ क्षेत्रमध्ये १४४ क्षेत्रको क्षेत्रीय अधिवेशन र ७७ मध्ये ५२ जिल्लाको