काठमाडौं : चिनियाँ अटोमोबाइल निर्माता ग्रेट वाल मोटर (जीडब्लुएम) का दुई मोडल ओरा ५ र हाभल एच ७ ले २०२६ मा युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेका छन्। सवारीसाधनको सुरक्षा परीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट दुवै मोडलले उच्चतम रेटिङ पाएसँगै जीडब्लुएमको सुरक्षा प्रविधि र इन्जिनियरिङ क्षमताले थप अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरो एनक्यापले सवारीसाधनको सुरक्षा परीक्षण गर्दा यात्रुको सुरक्षा, दुर्घटनाका बेला हुने क्षति, दुर्घटनापछिको सुरक्षा व्यवस्था तथा चालकलाई सुरक्षित रूपमा